दशैं सम्झदै हरीले गाए ‘सुक्यो होला हिलो मैलो’ (भिडियो)



काठमाण्डौ। अमेरिकाको टेक्सस् राज्यमा बसेर नेपाली पप संगीतमा योगदान दिदै आएका गायक हरी लामीछानेले दशैंको शुभकामना सहित नयाँ गीत रिलीज गरेका छन् । उनले आफ्नै संगीत र स्वरमा ‘सुक्यो होला हिलो मैलो’ बोलको गीतको अडियो र भिडियो इन्टरनेटमार्फत सार्वजनिक गरेका हुन् ।

गायक लामिछाने भन्छन्, ‘बडा दशैंको शुभकामना सहित परदेशमा बसेर घरदेश सम्झना गर्नेहरु प्रति समर्पित गरेर यो गीत तयार पारेको हुँ । गीतले देशबाट टाढा भएकाहरुले दशैं सम्झेको भाव प्रस्तुत गरेको छ’ उनि थप्छन्, ‘घरबाट टाढा पुगेका हामीहरुको मन दशैंको बेलामा त्यसै रुन्छ । गाउँघरको सम्झना, चाडपर्वको मिठो तिर्सना, साथीभाईसँग बिताएका रमाईला पलहरु, आमा-बुबा र आफन्तहरुको मिठो सम्झनाले हामीलाई सधै ‘नोस्टाल्जिक’ बनाउँछ । त्यहि ‘नोस्टालजिया’लाई गीतकार सहदेव पौडेलले मार्मिक ढंगले कोर्नु भएको रहेछ । र मलाई यो मेरै कथा जस्तो लागेर तयार पारेको हुँ’ । लामिछानेले यस अघि ‘साईन इन’ नामक गीती एल्बम ल्याएका थिए ।

गीतको भिडियो सुब्रत राज आचार्यले निर्देशन गरेका छन् । भिडियोले गाउँघर, परिवार, आमा-बुबा, साथीसंगी, प्रेमीहरुको माया, चाडपर्वहरुलाई रंगीन बनाउने लिंगे पिङ, लंगुरबुर्जा, सयपत्री, जमरा र मिठो आशिर्वादको सम्झना गराउँछ । गीतमा बालकलाकारहरु आर्शिना भट्टराई र प्रनिश श्रेष्ठको साथमा सीमा ढकाल, सरिता राजथला, मनोज ओली, गणेश पाण्डे, एलिशा खनाल, आशुतोष सुवेदी लगायतको अभिनय रहेको छ । उत्सव दाहाल र आकाश रंजितको सिनेमाटोग्राफी रहेको भिडियोमा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ भने कन्सेप्ट जया शर्माको हो ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu