मूनले ल्याइन् ‘एउटा सपना’ (भिडियो)



गायिका मून प्रसाईको स्वरमा रहेको ‘एउटा सपना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘इन्ट्रो नेपाल’ को यूट्युब च्यानललबाट गीत सार्वजनिक भएको हो । गीतमा शब्द संगीत लोकप्रिय गायक तथा संगीतकार पुष्पन प्रधानको रहेको छ ।

गीतमा जोन्नी तामाङको संगीत संयोजन रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा गायिका मून आफैं प्रस्तुत छिन् । भिडियोलाई कमल प्रसाईले छायांकन, सम्पादन तथा रंग संयोजन गरेका हुन् । सञ्चारकर्मी समेत रहेकी मूनले संगीतकार पुष्पनसँग यसपछि पनि सहकार्य रहने बताइन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu