लकडाउनमा बेनिशालाई आधा दर्जन चलचित्रको अफर



अभिनयमा आफूलाई प्रमाणित गरिसकेकी अभिनेत्री बेनिशा हमाल पछिल्लो पटक चलचित्र ‘घर’ मा देखिएकी थिइन् । यसपछि उनी चलचित्र मेकिङको अध्ययन गर्न मुम्बई हानिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि लकडाउन हुनुभन्दा एक हप्ता अगाडि मात्र उनी नेपाल आएकी थिइन् । अध्ययनका कारण ६ महिना मुम्बई बसेकी उनी अब अभिनयलाई निरन्तरता दिने सोचमा छिन् ।

‘घर’ प्रदर्शन भएको एक वर्षसम्म नयाँ चलचित्र साइन नगर्दा उनलाई चलचित्रबाट अफर हुन छाडेको चर्चा समेत चलेको थियो । तर, उनी लकडाउनमा मात्र आफूलाई आधा दर्जन जति चलचित्रबाट अफर आएको बताउँछिन् । शनिवार राजधानीमा आयोजित चलचित्र ‘भाँडाकुटी’ को घोषणा कार्यक्रममा उनले लकडाउनमा आफूलाई ५/६ वटा चलचित्रबाट अफर आएको बताइन् ।

‘लकडाउनमा ५/६ वटा स्क्रिप्ट पढिरहेको थिएँ । त्यसबेला ‘भाँडाकुटी’ बाट प्रस्ताव आयो । स्क्रिप्ट र टिम राम्रो लागेपछि काम गर्न राजी भएँ,’ बेनिशा हमालले भनिन् । उनले दुई वर्ष अगाडि नै आफू चलचित्र मेकिङको अध्ययन गर्न मुम्बई गएको तर एउटा चलचित्र गर्नुपर्ने कारणले नेपाल आएको बताइन् । आफैंलाई सेल्फ कन्ट्रोल गर्न चलचित्र मेकिङ पढ्ने निर्णय लिएको उनको भनाई छ ।

बेनिशा अगाडि भन्छिन्, ‘यतिबेला मैले आफूलाई सेल्फ कन्ट्रोल गर्नुपर्छ । यो बेला पनि पढिनँ भने पछि पछुताउनु पर्नेछ भनेर डेढ वर्ष कुनै प्रोजेक्टमा काम गर्दिनँ भनेरै म मुम्बई गएको थिएँ ।’ मुम्बईमा नेपाली साथीहरुले अडिसन दिन आग्रह गर्दा समेत आफूले अध्ययनलाई प्राथमिकता दिएको उनी बताउँछिन् । उनले चलचित्र निर्माण, निर्देशन र लेखनको अध्ययन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu