प्रेक्षाले ल्याइन् ‘भरिया’ (भिडियो)



नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर गायिका प्रेक्षा गौतमको स्वर रहेको गीत ‘भरिया’ सार्वजनिक गरिएको छ । भरिया जीवनको यथार्थ चित्रण गरिएको उक्त गीत सोमवार शशीकुञ्ज नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मानवशास्त्री तथा समाजशास्त्री डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ग्ने’ को रचना रहेको सो गीतमा गायिका गौतमले संगीत भरेकी छिन् । गीतको एरेन्जमेन्ट शीलाबहादुर मोक्तानले गरेका छन् । गीतका बारेमा रचनाकार जमरकट्टेल भन्छन्– ‘कामका सिलसिलामा पूर्वका विभिन्न स्थानमा जाने अवसर पाएँ । त्यतिबेला भारी बोक्ने भरियाहरुलाई देखेर गीत लेख्ने इच्छा जाग्यो ।’

त्यस्तै, गायिका प्रेक्षा गौतमले गीतका शब्दले मन छोएकाले गीत गाएको प्रतिक्रिया दिइन् । सीता सुवेदी कट्टेलले निर्माण गरेको गीतको भिडियोमा लहान, जिरी लगायत नेपालका मनोरम दृश्यहरु देख्न सकिन्छ । रचनाकार जमरकट्टेलको निर्देशन रहेको भिडियोलाई अर्घेलो थापाले सम्पादन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu