कोरोनामुक्त भए हरिवंश दाम्पती



चर्चित हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्य कोरोनामुक्त भएका छन् । गएको असोज १९ गते स्वास्थ्यमा समस्या देखिएपछि पिसिआर परीक्षण गराउँदा उनीहरुमा कोरोना संक्रमण देखिएको थियो । दुई हप्ता होम आइसोलेसनमा बसेपछि उनीहरुले बुधवार पुनः कोरोना परीक्षण गराएका थिए । दोस्रो पटक गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

हरिवंश आचाले श्रीमतीसँगको एक तस्विर शेयर गर्दै फेसबुकमा लेखेका छन्, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’ उनले आफूहरुलाई कोरोना संक्रमण देखिएपछि आफूहरुको सम्पर्कमा रहेकालाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका थिए । तर, उनीहरुसँग नजिक रहेका कसैलाई कोरोना देखिएको छैन ।

कोरोना संक्रमण पुष्टि हुनुभन्दा अगाडि हरिवंश आचार्य चलचित्र ‘हुतुतु’ को स्क्रिप्टमा व्यस्त थिए । तर, अब उनी पहिलेजस्तो निस्फिक्री हिँड्ने मुडमा छैनन् । उनले केही दिन अगाडि आइसोलेसनबाट दशैंमा आफू पनि अरुको घरमा नजाने र अरुलाई पनि आफ्नो घरमा नआउन आग्रह गरेका थिए । यसपालिको दशैं सकभर आफ्नै परिवारभित्र सीमित राख्न उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu