नेहालाई यसरी गरेका थिए रोहनप्रीतले प्रपोज



भारतकी चर्चित गायिका नेहा कक्कड २३-२४ अक्टोबरमा पञ्जाबी गायक रोहनप्रीतसँग विवाह गर्दैछिन् । बिहीवार सामाजिक सञ्जालमा नेहाले प्रेमीसँगका केही रोमान्टिक तस्विर शेयर गरेकी छन् । तस्विरमा रोहनप्रीतले नेहालाई विवाहको प्रस्ताव राख्दै गरेको देख्न सकिन्छ । दुवैको हातमा ‘विल यू म्यारी’ को प्लेकार्ड छ ।

यी तस्विर शेयर गर्दै नेहाले लेखेकी छन्, ‘यो त्यो दिन थियो जब रोहनप्रीतले मलाई प्रपोज गरेको थियो । तिमीसँग मेरो जिन्दगी सबैभन्दा खुसी र रंगीन छ ।’ रोहनप्रीतभन्दा अगाडि नेहा, हिमांश कोहलीको प्रेममा थिइन् । उनीहरु करीब ४ वर्ष अफेयरमा थिए । तर, उनीहरुको प्रेम सम्बन्ध २०१८ सम्म मात्र टिक्यो ।

नेहा बैबाहिक जीवनमा बाँधिन लागेकोमा हिमांशले खुसी व्यक्त गरेका छन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘यदी नेहाले वास्तवमै विवाह गर्न लागेको हो, म उनका लागि खुसी छु । उनी आफ्नो जीवनमा अगाडि बढिरहेकी छन् । उनलाई कसैको साथ मिल्यो, यो सुनेर खुसी लाग्यो ।’ केही दिन अगाडि नेहाले ‘नेहू दा व्याह’ गीतको म्यूजिक सार्वजनिक गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu