नाजिरको ‘चिलगाडी’ घोषणा
अभिनेता नाजिर हुसेनको अभिनय रहने नेपाली चलचित्र ‘चिलगाडी’ फूलपाती दिन पारेर औपचारिक घोषणा गरिएको छ । सञ्चारकर्मी रघुनाथ सापकोटाले निर्माण गर्ने चलचित्र लागि केहि हप्ता अघि मुख्य अभिनेतामा हुसेनलाई अनुबन्ध गरिएको थियो । नाजिरको अपोजिट नायिकाको लागि रोल सुहाउने अभिनेत्रीको खोजि कार्य भई रहेको निर्माण टिमले जानकारी गराएको छ ।

सामाजिक विषयवस्तुमा आधारित भएर निर्माण हुने ‘चिलगाडी’ले युवा पुस्ताको प्रतिनिधित्व गर्दै बिसेष संदेश समेत बोक्ने निर्माता सापकोटाले बताए । सापकोटाका अनुसार नेपाली समाजको कहालीलाग्दो यथार्थलाई यो चलचित्रले प्रस्तुत गर्नेछ ।

पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । जनकदिप पराजुलीले चलचित्रको निर्देशन गर्नेछन् । फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । सागर प्रधानले छायांकन गर्ने फिल्मका अन्य कलाकार तथा प्राविधिकहरु भने छनौट हुन बाँकी छ ।