प्रियंका र मिनाले भने ‘घुमाईदेउ पोखरा’ (भिडियो)



विजया दशमीको अवसर पारेर चलचित्र ‘तिम्रो मेरो प्रेम कहानी’को गीत सार्वजनिक गरिएको छ । एजुकेसन एण्ड माइग्रेसन कर्नरले प्रस्तुत गरेको चलचित्रको गीतमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन् ।

‘ठमेल बजार’ बोलको गीत मार्फत चर्चामा आएकी गायिका मिना निरौलाले यो गीतमा स्वर दिएकी छन् । गीतमा शब्द र संगीत रमण गायकको रहेको छ । नेत्र गुरूंगको निर्देशन रहेको चलचित्रको गीतमा कबिराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

‘ राम्रो गायिका र दर्शकप्रिय अभिनेत्रीको यो मिलन दर्शकहरूको लागि हामीले दशैँको उपहार स्वरूप प्रस्तुत गरेका छौं’, एजुकेशन एण्ड माइग्रेसन कर्नरका सुनील उप्रेतीले बताए । सुरज आरडीको निर्माण रहेको यो चलचित्रमा सुरज आर डी, सारिका केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu