विशालको स्वीटहार्ट समिक्षा (भिडियो)



डिपि खनाल र समिक्षा बस्नेतको स्वरमा रहेको ‘सुन न स्वीटहार्ट’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको शब्द र संगीत डिपि खनालको रहेको छ । गीतको एरेन्ज विश्व अधिकारीले गरेका हुन् । गायिका समिक्षा बस्नेत, विशाल रेग्मी र कुमार पाण्डेले भिडियोमा मोडलिङ गरेका छन् ।

दिपेन गौतम मिच्चेल प्रोडक्सन म्यानेजर रहेको भिडियोका कोरियोग्राफर सुबल थापा र उत्सब दाहाल छायाँकार हुन् । विकास दाहालले गीतको भिडियो सम्पादन गरेका हुन् । जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई सुव्रत आचार्यले निर्देशन गरेका हुन् । उनी चलचित्र निर्देशक समेत हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu