सविन भन्छन्, ‘अब भिन्न भूमिकामा काम गर्ने इच्छा छ’



केही वर्ष अगाडिसम्म अभिनेता सविन श्रेष्ठलाई चलचित्रमा भ्याइनभ्याइ थियो । तर, विगत २ वर्षदेखि उनले नयाँ चलचित्रमा काम गरेका छैनन् । मुख्य अभिनेताको रुपमा अभिनय गरेका प्रायः चलचित्र असफल भएका कारण उनलाई निर्माता तथा निर्देशकले चलचित्रको प्रस्ताव गर्न छाडेको चर्चा चलिरहेको छ । तर, सविन आफूलाई चलचित्रबाट अफर आइरहेको बताउँछन् ।

आफूले विजनेश सुरु गरेका कारण चलचित्रलाई समय दिन नसकेको उनको भनाई छ । उनी भन्छन्, ‘चलचित्रबाट अफर नआएको होइन । तर, विजनेश सुरु गरेपछि अफर आएका चलचित्रलाई समय दिन नसक्ने भएर गरिनँ । दुई वर्ष अगाडि एउटा सप खोलेको थिएँ । त्यसपछि ५० लाखको लगानीमा कार वासिङ सेन्टर खोलेको छु । यही कारण अफर आएका चलचित्र गर्न सकिनँ ।’

अब उनी विजनेशसँगै चलचित्रलाई पनि समय दिने सोचमा छन् । विजनेशका कारण अफर भएका चलचित्र नगर्दा धेरै चलचित्रकर्मी आफूसँग रिसाएको उनी बताउँछन् । ‘विजनेश गर्ने चक्करमा मोबाइल नै बन्द गरेर राखेँ । अफर आएका चलचित्र पनि गरिनँ । त्यसैले मसँग धेरै रिसाउनु भएको छ । अब दुईवटै विजनेश राम्रो चलेकाले चलचित्रलाई समय दिने सोचेको छु,’ सविनले भने ।

उनले ‘हिरो रिर्टन्स’ बाट चलचित्र निर्माणमा समेत हात हालेका छन् । तर, यो चलचित्र निर्माण भएको तीन वर्ष भइसक्दा पनि प्रदर्शन हुन सकेको छैन । अब सविन आफैं चलचित्र निर्माण गर्ने सोचमा छैनन् । उनी एकै खालको भूमिकामा अभिनय गरेर पनि आजित भएका छन् । नयाँ चलचित्रमा भिन्न भूमिकामा काम गर्ने उनको इच्छा छ । उनी अहिले राम्रो स्क्रिप्टको पखाईमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu