पृथ्वी र मेचुको ‘मलमल कुर्तावाली’ सार्वजनिक (भिडियो)



गायक पृथ्वी खनाल र गायिका मेचु धिमालको स्वरमा रहेको ‘मलमल कुर्तावाली’ बोलको गीत सार्वजनिक भएको छ । पृथ्वी र मेचुको पहिलो सहकार्यलाई दर्शकले रुचाएका छन् । यी दुवै द भ्वाईस अफ नेपाल सिजन २ मा सहभागी भएका कलाकार हुन् ।

सार्वजनिक गीतमा गायकद्वय पृवी र मेचु आफैं फिचर्ड भएका छन् । भिडियोमा तराई र पहाडका युवायुवतीको प्रेमलाई प्रस्तुत गरिएको छ । लेखु सहयात्रीको शब्द रहेको यस गीतमा करण राज कार्कीको संगीत रहेको छ । गीतलाई देवेस राईले एरेन्ज गरेका हुन् ।

मौसम हिमालीले भिडियोको निर्देशन गरेका हुन् । अनिल के. मानन्धरको छायाकंन रहेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । पृथ्वीले केही समय अघि सररर लिपुलेक बोलको गीत सार्वजनिक गरेका थिए । उनको यो गीतलाई दर्शकले मन पराएका थिए । मेचुले पनि केही समय अगाडि सार्वजनिक गरेको कउरा गीतलाई दर्शकले रुचाएका छन् ।

भिडियो :-

https://www.youtube.com/watch?v=Nmd6Xwh0GrQ
प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu