आमाको गीतमा देवांशसँग साम्राज्ञीको रोमान्स (भिडियो)



अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनीत म्यूजिक भिडियो ‘तिमी र म’ सार्वजनिक भएको छ । गीतमा उनकी आमा नेहा राज्यलक्ष्मी शाहको स्वर रहेको छ । विराज गौतमले लेखेको यो गीतमा संगीत पनि गौतमकै छ । गीतको भिडियोमा साम्राज्ञीको जोडीको रुपमा देवांश राणा देखिएका छन् । साम्राज्ञी र देवांश लामो समयदेखि प्रेम सम्बन्धमा छन् ।

साम्राज्ञीले आमाले गाएको गीत भएर नभइ गीतको मर्म बुझेर र गीत राम्रो लागेर आफूले अभिनय गरेको बताएकी छिन् । रमेश एमके पौडेलको प्रस्तुतिमा निर्माण भएको यो भिडियोको निर्देशन विशेषदेव पाण्डेले गरेका हुन् ।

गायन क्षेत्रमा नेहा पहिले सक्रिय नभएता पनि अब भने सक्रिय रूपमा लाग्ने सोचमा छिन् । यसअघि उनले गाएको ‘मेरो मनको सपना र फूली खस्यो’ बोलको गीतले राम्रो प्रशंसा कमाएका थिए । नेहाको आवाजमा आधा दर्जन बढी गीतहरु रेकर्ड भइसकेका छन्, जुन क्रमशः सार्वजनिक हुनेछन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu