जन्मदिनमा श्रीमानसँग रोमान्टिक दीपिका
अभिनेत्री दीपिका प्रसाईंले आफ्नो जन्मदिन सेलिब्रेट गरेकी छन् । कोरोनाका कारण यसपालीको जन्मदिन उनको परिवारसँग मात्र सीमित भएको छ । श्रीमान दीवाकर भट्टराईसँग उनले काभ्रेको एक रिसोर्टमा जन्मदिन सेलिब्रेट गरेकी छन् । दीपिकाले श्रीमानको साथमा जन्मदिन मनाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट्याएकी छन् । तस्विरमा उनीहरु रोमान्टिक मुडमा देखिएका छन् ।

आफ्नै श्रीमानले निर्देशन गरेको चलचित्र ‘ऐश्वर्य’ बाट दीपिकाले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसमा उनको जोडीको रुपमा रमेश उप्रेती थिए । यो चलचित्रमा काम गर्दै गर्दा उनी दीवाकरको प्रेममा डुबेकी थिइन् । ‘ऐश्वर्य’ ले व्यापारिक सफलता मात्र प्राप्त गरेन, दीपिकाको अभिनयको पनि प्रशंसा भयो । यसपछि उनले दोस्रो चलचित्रको रुपमा ‘छक्का पञ्जा ३’ मा काम गरिन् ।
उनले दोस्रो चलचित्रबाट पनि निराशा भोग्नु परेन । ‘छक्का पञ्जा ३’ उनको करिअरकै सबैभन्दा ब्लकबस्टर चलचित्र सावित भयो । दुई चलचित्रको सफलताले करिअरको उचाईमा पुगेकी उनी बैबाहिक जीवनमा बाँधिएपछि भने अभिनयमा सुस्ताएकी छन् । ‘छक्का पञ्जा ३’ प्रदर्शन लगत्तै उनले दीवाकरसँँग लगनगाँठो कसिन् । यसपछि उनी अभिनीत नयाँ चलचित्र प्रदर्शनमा आएका छैनन् ।