विश्व र अस्मिताको ‘आकाशैको’ गीत सार्वजनिक (भिडियो)



गायक विश्व नेपाली र अस्मिता परियारको स्वर रहेको ‘आकाशैको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ ।

भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । रोचकको यो डेब्यु भिडियो हो । कानुन विषयमा स्नातक गरेका रोचक हाल एभरेस्ष्ट फिल्म एकेडेमीमा फिल्म अध्ययन गरिरहेका छन् ।

बिशाल प्रजापतिको छायांकन र उज्वल ढकालको सम्पादन रहेको भिडियोको छायांकन होटेल याक एण्ड यति, होटेल साम्बाला, रिगल स्टुडियो, बबरमहल रिभिजिटेड साथै हेलम्बुको मनमोहक स्थानमा गरिएको हो । गायिका अस्मिता परियारको यो दोस्रो गीत हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu