आश्माको रुपले सरोजको मन फुरुङ्ग (भिडियो)



प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको ‘आउ माया साथैमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईंको संगीत छ । डान्सिङ शैलीमा तयार भएको यस गीतको भिडियोमा काट्रुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ ।

दर्जनौं म्यूजिक भिडियो निर्देशन गरिसकेका माइकल चन्दले यस भिडियोको निर्देशन गरेका हुन् । माइकल यस गीतको भिडियोबाट केही आशावादी देखिन्छन् । उनी भन्छन्, ‘गीत आफैँमा राम्रो थियो नै । सोही अनुसार हामीले भिडियोमा निकै मिहिनेत गरेका छौँ । भिडियोलाई दर्शकले मन पराउनु हुनेछ भन्ने आशा छ ।’

भिडियोमा माइकल सेट-अप एण्ड डान्स एकेडेमीको कोरियोग्राफी रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पदान तथा कलर शिलन लम्सालले गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu