सुरजको निर्देशनमा ‘जीवन सुनमा सुगन्ध’ (भिडियो)



राहुल रक्स र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘जीवन सुनमा सुगन्ध’ बोलको गीतमा सुरज अधिकारी (सुर रक्स) को शब्द तथा संगीत रहेको छ । माया प्रेमको भाव बोकेको गीतमा महाराज थापाको संगीत संयोजन रहेको छ ।

लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय तथा गायक समेत रहेका सुरज पौडेलले भिडियोलाई निर्देशन गरेका हुन् । सुरजको यो पहिलो निर्देशकीय भिडियो हो । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् ।

भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो । जगत रेग्मीले कोरियोग्राफी गरेको भिडियोलाई प्रिजम मुभिजले निर्माण गरेको हो । भिडियोमा जुना गुरुङ र शान्तकारम थापा फिचर्ड छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu