राजेशपायल र निलमको ‘पूर्वै शहर’ (भिडियो)



शन्त कुमार राईले बेलायतमा निर्देशन गरेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक राजेशपायल र निलम रोजु राईको स्वर रहेको गीतमा आलोक चाम्लिङ राईको शब्द, गायिका निलम रोजु राईको संगीत छ । गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले रोमान्स गरेका छन् ।

सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको भिडियोमा परदेशी भूमिमा आफ्नो श्रम बेचिरहेको नेपालीहरुको कथा आफ्नो देश, कला, संस्कृति र माटोको माया भएर पनि बर्षौंदेखि जन्म भुमिदेखि टाढा रहेर बस्नु पर्ने बाध्यता र देशप्रतिको मायालाई भिडियोमा देखाइएको छ ।

नेपाली गाउँ ठाउँको झल्को दिने बेलायतका रमणीय दृश्यहरु समेटिएको भिडियोको छायाङ्कन सुमन श्रेष्ठले गरेका हुन् । त्यस्तै कलर ग्रेडिङ्ग नवीन निरौला, कस्टम चयन दिपक थापा मैथाने मगर र सरु गुरुङ रानाले गरेका छन् । सिंगार सन्जु थापा मगरको छ भने व्यवस्थापन सन्तोश राईले गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu