‘ए मेरो हजुर ३’ लाई एक हप्तामा ७० लाख
२०७५ सालको सुपरहिट चलचित्र हो, ‘ए मेरो हजुर ३’ । अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर यो लभस्टोरी चलचित्रले घरेलु बक्सअफिसमा ९ करोड ग्रस कलेक्सन गरेको थियो । रिलिजको दुई हप्तासम्म त हरेक सिनेमा हलमा चलचित्र शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भएको थियो । समीक्षकले कमजोर भनेको यो चलचित्रलाई दर्शकहरुले निकै मन पराएका थिए ।

सिनेमा हलमा रिलिजको डेढ वर्षपछि ‘ए मेरो हजुर ३’ तिहारको छेकोमा गएको एक हप्ता अगाडि यूट्युबमा सार्वजनिक भएको छ । यूट्युब रिलिजको १२ घण्टामा दश लाख पटक हेरिएको यो चलचित्र एक हप्तामा ७० लाख पटक हेरिएको छ । सम्भवतः यसअघि एक हप्तामा कुनै नेपाली चलचित्र यति धेरै पटक हेरिएको छैन । यसमानेमा चलचित्रले यूट्युबमा रेकर्ड नै राखेको छ ।
अहिले यो चलचित्र ७० लाख भ्यूजका साथ नेपालको यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ । एक हप्तादेखि ट्रेन्डिङको पहिलो स्थानबाट चलचित्र तल झरेको छैन । हल र यूट्युब दुवैमा हिट सावित भएको चलचित्रले एक सेलिब्रेटी र फ्यानबीचको प्रेमकथा वाचन गरेको छ । चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । सलोन बस्नेत, सरोज खनाल, अर्पण थापाको पनि चलचित्रमा अभिनय छ ।
भिडियो :-