‘मायालु साबुन…’ लिएर आए सुगम



लोकप्रिय गायक सुगम पोखरेल आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन…’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । काग तिहारको दिन पारेरशुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् । गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । भिडियोमा गायक सुगम पोखरेलको साथमा मोडल दीपक घिमिरे, पूजा गिरी,नीभा अधिकारी तथा इकृना बल्ल फिचर्ड छन् ।

नितिन चन्दद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोलाई रुपेश थापाले छायांकन गरेका हुन् भने पदम सुवेदीले यसलाई सम्पादन गरेका हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu