अमालले अदितीको प्रशंसा गर्दै के भने ?



अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी लामो समयदेखि बलिउड प्रवेशका लागि प्रयास गरिरहेकी छन् । मोडलिङको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएकी उनले भारतीय म्यूजिक भिडियोबाट पनि राम्रो क्रेज बनाएकी छन् । उनले केही हिन्दी र पञ्जाबी गीतमा अभिनय गरेकी छन्, जसमा उनको सुन्दरताको प्रशंसा भएको छ ।

उनले अभिनय गरेको नयाँ हिन्दी गीत ‘तु मेरा नही’ दुई हप्ता अगाडि सोनी म्यूजिक इन्डियाको यूट्युब च्यानलबाट सार्वजनिक भएको थियो । यो गीतलाई अहिलेसम्म डेढ करोडले हेरिसकेका छन् भने धेरैले अदितीको सुन्दरताको खुलेर प्रशंसा गरेका छन् । गीतमा उनको जोडी भारतका चर्चित गायक तथा संगीतकार अमाल मलिकसँग बाँधिएको छ । गीतमा अमालकै स्वर र संगीत छ ।

रिलिजको दुई हप्तामा गीतलाई डेढ करोड भ्यूज मिलेपछि अदिती खुसी छिन् । अभिनय र सुन्दरताको प्रशंसाले उनलाई थप हौसला मिलेको छ । गायक अमालले पनि उनको प्रशंसा गरेका छन् । एक भिडियोमा उनले हाँस्दै भनेका छन्, ‘मलाई लाग्छ कि यो भिडियोपछि आरिभ खान (भिडियो निर्देशक) र अदितीलाई दुई वर्षको ब्रेक चहिन्छ होला मसँग अर्को भिडियो गर्नका लागि ।’

अदितीको प्रशंसा गर्दै उनले अगाडि भनेका छन्, ‘मेरो को-एक्टर अदिती साँचिक्कै प्यारी, राम्री र निर्दोष छिन् ।’ अमालले आफ्नो प्रशंसा गरेपछि अदितीले खुसी व्यक्त गरेकी छन् । लकडाउनदेखि उनी काठमाडौंमा छिन् । निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्नका लागि उनी नेपाल आएकी थिइन् । तर, कोरोनाका कारण चलचित्रको छायांकन अन्योलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu