अमेरिकामा सविनसँग छल्किएको वर्षाको प्रेम



विवादरहित अभिनेत्रीको रुपमा चिनिएकी वर्षा सिवाकोटी केही वर्षयता प्रेम सम्बन्धका कारण लाइमलाइटमा छिन् । उनी लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका सविनजंग थापासँगको प्रेममा छिन् । यद्यपि, वर्षाले मिडियासामु प्रेम सम्बन्ध स्वीकार भने गरेकी छैनन् । तर, उनले बेला बखतमा सामाजिक सञ्जालमा पोस्ट गर्ने तस्विरले उनी सविनको गहिरो प्रेममा रहेको प्रस्ट्याउँछ ।

कोरोना भाइरसका कारण वर्षा आठ महिना घरभित्रै सीमित भइन् । निषेधाज्ञा खुकुलो भएपछि केही म्यूजिक भिडियोमा काम गरेकी उनी घुमफिरमा भने निस्कन पाएकी थिइनन् । जसले गर्दा उनी उकुसमुकुस भएकी थिइन् । सरकारले अन्तर्राष्ट्रिय उडान सुरु गर्न अनुमति दिएपछि दशैंको टीका थापेर पारिवारिक भेटघाटका लागि भन्दै अमेरिका उडेकी वर्षाले तिहार पनि त्यतै मनाइन् ।

अभिनेत्री सिवाकोटीले अमेरिका पुगेपछि सविनसँगका भेटघाटका तस्विरहरु इन्स्टाग्राममा पोस्ट्याइरहेकी छन् । बुधवार उनले इन्स्टा स्टोरीमा एक तस्विर राखेकी छन्, जसमा एक प्रेम जोडी अस्ताउँदै गरेको सूर्यतर्फ हेरिरहेका छन् । पछाडिको भागबाट खिचिएका कारण तस्विरमा दुवैको अनुहार देखाएको छैन । तर, तस्विरमा देखिएको जोडी वर्षा र सविन हुन् भन्नेमा शंका छैन ।

वर्षा र सविन दुई वर्षदेखि प्रेम सम्बन्धमा छिन् । गत वर्ष वर्षा अमेरिका जाँदा उनले सविनसँगका रोमान्टिक तस्विरहरु सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । यसपछि उनीहरुको प्रेम चर्चा चल्न थालेको थियो । वर्षा अमेरिकाबाट फर्किएपछि चलचित्र ‘परदेशी २’ को छायांकनमा व्यस्त हुनेछिन् । कोरोनाको संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि यो चलचित्रको छायांकन अधुरैमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu