‘दबंग’ गर्नुअघि ९० केजीकी थिइन् सोनाक्षी



बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सन् २०१० मा बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘दबंग’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यो फिल्मका लागि उनले ३० केजी तौल कम गरेकी थिइन् । डेब्यू अगाडि उनी ९० केजी थिइन् । उनी बलिउड अभिनेता शत्रुघन सिन्हाकी छोरी हुन् । सोनाक्षीले आफ्नो करिअरको सुरुवात कस्ट्युम डिजाइनरको रुपमा गरेकी थिइन् ।

‘दबंग’ भन्दा अगाडि उनलाई अभिनेत्री बन्ने इच्छा थिएन । अभिनेता सलमान खानले तौल घटाए फिल्ममा लञ्च गर्ने बताएपछि उनको सपना मोडिएको थियो । एक अन्तर्वार्तामा सोनाक्षीले भनेकी छन्, ‘म सलमानप्रति सधैं कृतज्ञ छु कि, उहाँले मलाई वजन कम गर्नका लागि मोटिभेट गर्नुभयो । सलमानले भनेपछि मैले आफूलाई ध्यान दिन र वजन कम गर्न सुरु गरेको थिएँ ।’

उनी आफूलाई ३० केजी तौल घटाउन कम गाह्रो नभएको बताउँछिन् । सोनाक्षी भन्छिन्, ‘म जिमलाई घृणा गर्ने मध्येको एक हुँ । मलाई जिमदेखि एलर्जी थियो । तर, जब म एकपटक कुनै चीजमा आफ्नो ध्यान लगाउँछु तब त्यसलाई हासिल गरेरै छाड्छु । मैले वजन घटाएरै छाड्ने आफूसँग बाचा गरेको थिएँ, जुन पूरा गरेँ ।’ उनले वजन कम गर्नका लागि शाहिद कपूरको पर्सनल ट्रेनरको हायर गरेकी थिइन् ।

‘दबंग’ का अलावा सोनाक्षीले ‘राउडी राठोर, सन अफ सरदार, दबंग २, मिशन मंगल, लुटेरा, बुलेट राजा, आर. राजकुमार, होलिडे स् अ सोल्जर इज नेवर अफ ड्यूटी, खानदानी शफाखाना, एक्शन ज्याक्सन, तेवर, कलंक, ह्याप्पी फिर भाग जाएगी’ लगायत दुई दर्जन बढी फिल्ममा आफ्नो अभिनय कला देखाइसकेकी छन् । उनी पछिल्लो पटक ‘दबंग’ को तेस्रो पार्टमा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu