निर्मल शर्माको अनुभव : ‘कोरोनाले बडी सेप, ट्याटु, घाँटीको सिक्री हेर्दैन’



देशभर भयावह रुपमा फैलिएको कोरोनाको संक्रमणबाट हास्यकलाकार निर्मल शर्मा पनि अछुतो रहेनन् । उनी दुई हप्तादेखि कोरोनासँग लडिरहेका छन् । सामान्य ज्वरो आएपछि पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । यसपछि उनी होम आइसोलेसनमा बसेका छन् । कोरोना पुष्टि भएपछि उनले यसापालीको तिहार समेत मनाउन पाएनन् ।

सामाजिक सञ्जालमा दैनिक विभिन्न विषयमाथि व्यंग्यात्मक शैलीमा आफ्नो अभिव्यक्ति राख्ने गरेका कलाकार शर्माले कोरोना भाइरसलाई सामान्य रुपमा नलिन सुझाव दिएका छन् । शुक्रवार फेसबुकमा स्टाटस लेख्दै उनले कोरोनाले बडी सेप, ट्याटु, घाँटीको सिक्री नहेर्ने बताएका छन् । जाडोको मौसममा कोरोनाबाट बच्न अनिवार्य न्यानो कपडा लगाउन पनि उनको आग्रह छ ।

‘चिसो कुरा केही नखानुहोला, दिनकै २२/२५०० को दरले काठमाडौंमा संक्रमित हुँदैछन् । कोरोनाले धनी-गरिब केही भन्दैन । एकदमै होस् गर्न बिनम्र अनुरोध गर्दछु,’ उनले लेखेका छन् । उनले केही दिन अगाडि कोरोना, बेरोजगारी, गरिबी र भोकमरीको अवस्थामा सत्ता र शक्तिका लागि घिनलाग्दो गाईजात्रे लडाँईमा रमाउनेहरुलाई जनताको आँशुको श्राप लाग्ने बताएका थिए ।

‘चलकेट’ बाट चलचित्र निर्देशनमा समेत हात हालेका कलाकार शर्माले दर्जनौं चलचित्रमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । हास्य टेलिसिरियल ‘तीतो सत्य’ पछि उनले दीपकराज गिरी र दीपाश्री निरौलाको समुहमा रहेर ‘६ एकान ६ र वडा नम्बर ६’ को निर्माण गरेका थिए । यसपछि उनी दीपक-दीपाको समुहबाट बाहिरिए । यो टिमसँग उनको फेरि टिमअप भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu