निशान र अर्जुनको नयाँ गीत ‘तिमीलाई देखेपछि …’ रिलीज (भिडियो)



काठमाण्डौ। चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत रिलीज भएको छ । ‘तिमीलाई देखेपछि माया पलायो’ बोलको गीतको भिडियो डिभाईन म्यूजिकबाट रिलीज भएको हो ।

गीतमा निलकण्ठ सुवेदीको शब्द रचना रहेको छ । गीतमा युवा-युवतीको भेटपछि भएका प्रेमका कुराहरु रहेका छन् । गायक भट्टराईले आफुले गाएका गीतमा मन परेका गीत मध्ये यो गीत पनि एक रहेको बताए । संगीतकार पोखरेलले यो गीतबाट आफुले निकै आशा गरेको बताए ।

शुरेष दर्पण पोखरेलले भिडियोको निर्देशन गरेका छन् । संयुक्त राज्य अमेरिकाका बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको यस भिडियोमा भरत सुबेदी र शमिन श्रेष्ठले अभिनय गरेका छन् । बिनोद अधिकारीले छायांकन गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिंग भरत रेग्मीले गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu