‘भाँडाकुटी’ का लागि लोकेशन खोज्दै मुकुन र बेनिशा



कोरोनाका कारण करीब ७ महिना नेपाली चलचित्र क्षेत्र ठप्प रह्यो । अहिले पनि सिनेमा हलहरु बन्द छन् । तर, दशैंदेखि चलचित्रको छायांकन भने भइरहेका छन् । अहिले आधा दर्जन बढी चलचित्र फ्लोरमा छन् । सरकारले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएका चलचित्रको छायांकनमा अवरोध गरेको छैन । चलचित्र विकास बोर्डले पनि चलचित्र निर्माणको अनुमति दिइरहेको छ ।

लकडाउनका कारण रोकिएका चलचित्रको छायांकन दशैंदेखि सुरु भए पनि केही निर्माता स्थिति सामान्य भएपछि नयाँ चलचित्रको छायांकन थाल्ने तयारीमा छन् । अभिनेता मुकुन भुषाल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने चलचित्र ‘भाँडाकुटी’ को पनि फागुन पहिलो साताबाट छायांकन सुरु हुँदैछ । अहिले यसको निर्माण टिम लोकेशन हन्टिङका लागि बुटवल पुगेको छ ।

निर्देशक किरण विकको साथमा चलचित्रका लागि लोकेशन हन्टिङमा निस्किएका मुकुन र बेनिशाले बुटवलको तिनाउ खोलामा रोमान्टिक अवतारमा तस्विर खिचाएका छन् । पहिलो पटक स्क्रिन शेयर गर्न लागेका उनीहरु एकअर्कासँग घुलमिल भइसकेको तस्विर हेर्दा बुझ्न सकिन्छ । चलचित्रले चारवटा कथा भन्नेछ । ती चारवटै कथा विवाह सम्बन्धि रहेको निर्देशक विकले बताए ।

चलचित्रमा मुकुन र बेनिशाका अलावा महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदीलगायतको पनि अभिनय रहनेछ । स्क्रिप्ट लेखनमा निर्देशक विकलाई आचार्य गोपालले सघाएका छन् । चलचित्रमा राजकुमार दर्जीको कोरियोग्राफी रहनेछ । अष्ट्रेलियामा बस्दै आएका कलम खड्काले निर्माण गर्ने ‘भाँडाकुटी’ लाई २०७८ सालको सुरुवातमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu