रेश्माले अडिसन दिएर चलचित्र गर्ने (भिडियोसहित)



रेश्मा घिमिरेलाई दर्शकले टिकटकबाट उदाएकी मोडलको रुपमा चिन्ने गरेका छन् । तर, उनले चलचित्र ‘यो साइनो मायाको’ मा गएको ६ वर्ष बर्ष अगाडि नै काम गरेकी थिइन् । यो चलचित्र असफल भएपछि रेश्मा रंगिन दुनियाँबाट हराइन् । टिकटकबाट लोकप्रियता कमाएपछि पछिल्लो समय उनी म्यूजिक भिडियोमा व्यस्त छिन् । अहिले उनको म्यूजिक भिडियोमा राम्रो माग छ ।

उनलाई चलचित्रबाट पनि प्रस्तावको कमी छैन । तर, उनी अडिसनबाट पास भएपछि मात्र चलचित्रमा काम गर्ने सोचमा छिन् । रेश्मा भन्छिन्, ‘कोरोनाका कारण चलचित्र निर्माण ठप्प छ । मेरो हकमा चाहिँ राम्रो प्रोजेक्ट छ र अडिसन राख्नुहुन्छ भने अडिसनबाट पास भएपछि चलचित्र गर्छु । कसैको सिफारिस वा आग्रहमा चलचित्र गर्दिनँ । अडिसनबाट पास भएपछि चलचित्र गर्छु ।’

टिकटकमा १२ लाख फलोअर्स कमाएकी उनलाई ‘इन्स्टाको फोटो’ बोलको गीतले लोकप्रियताको उचाईमा पुर्‍याएको थियो । उनी अभिनीत ‘कल्लाई था छैन, गलबन्दी पछ्यौरी, डोली सजाई, हेरन कान्छी, निदाउँके सपनीमा, तिमी विजी’ लगायका गीत पनि हिट छन् । अभिनेता प्रदीप खड्काको ठूलो फ्यान बताउने रेश्मालाई टिकटक प्रयोगकर्ताले ‘एक्सप्रेसन क्विन’ समेत भन्ने गरेका छन् ।

रेश्माले अभिनय गरेको विवाहका पाँच गीत मंसिर ७ गतेदेखि यूट्युबमा सार्वजनिक भइरहेका छन् । बिहीवार उनले अभिनय गरेको ‘विदाई गर्न छोरी तिमीलाई’ गीत ओएसआर यूट्युब च्यानलमा सार्वजनिक हुँदैछ । यी पाँचवटै गीतमा उनले दुलहीको भूमिका निर्वाह गरेकी छन् भने विजु पार्की दुलहाको भूमिकामा छन् । पाँचैवटा गीतका भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu