अब डिस होममा ‘छायाँ’



चलचित्र विकास बोर्डले २०७२ सालको विशेष चलचित्र घोषणा गरेको चलचित्र ‘छायाँ’ टेलिभिजनमा रिलिज हुने भएको छ । बाल यौन दुराचारको विषयमा निर्माण भएको चलचित्र मंसिर १६ गतेबाट डिस होममा रिलिज हुँदैछ । चलचित्र हेर्नका लागि २२५ रुपैयाँ शुल्क तोकिएको छ । चलचित्रलाई मनोज पण्डितले निर्देशन गरेका हुन् । उनी गम्भीर विषयमा चलचित्र बनाउने निर्देशकको रुपमा परिचित छन् ।

चलचित्रमा प्रकाश घिमिरे, अनुप बराल, अरुणा कार्की, आशान्त शर्मा, साइव्रत आचार्य, प्रविना खड्कालगायतका कलाकारको अभिनय छ । चलचित्रमा अनुप बरालले नकारात्मक भूमिका निर्वाह गरेका छन् । किशोरावस्थाका बालबालिकामा पर्ने मनोवैज्ञानिक असरमाथि फिल्म बनेको निर्देशक पण्डितले बताए । यो चलचित्र बालबालिका र अभिभावकले हेर्नै पर्ने उनी बताउँछन् ।

चलचित्रले अभिभावक र बालबालिका दुवै पक्षलाई सचेत गराउने निर्देशक पण्डितको विश्वास छ । उनी भन्छन्, ‘आफ्नो सन्तानलाई समय दिन नसक्ने बाबु आमाले चलचित्र हेरेर केही शिक्षा पाउनेछन्’ । बृत्तचित्र ‘ग्रेटर नेपाल’ बनाएर चर्चामा आएका पण्डितले ‘दासढुंगा, बधशाला, खाग, लक्ष्य’ लगायतका चलचित्र निर्देशन गरेका छन् । उनका चलचित्रमा समाजभित्रका कथा हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu