‘हर युग होस्’ गीतले ‘प्रेमगीत ३’ को हाइप कति बढायो ?



नाम नै ब्रान्ड बनेको ‘प्रेमगीत’ सिरिजका गीतसंगीतले दर्शकको मन जित्दै आएका छन् । ‘प्रेमगीत’ को ‘मैले सोचेको जस्तै, म यस्तो गीत गाउँछु, म त अलपत्रै’ गीत निकै चर्चित भएका थिए भने दोस्रो सिरिजको ‘कहानी यो प्रेम गीतको, मोटरसाइकलमा, विस्तारै विस्तारै’ गीत पनि उतिक्कै रुचाइएको थियो । केही महिनायता चलचित्र ‘प्रेमगीत ३’ को ‘हर युग होस्’ गीत चर्चाको केन्द्रमा छ ।

गएको चैत २८ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले यो गीतको लिरिकल भिडियो गत वर्षको माघमा यूट्युब सार्वजनिक गरिएको थियो । कोरोना भाइरसका कारण चलचित्रको प्रदर्शन अनिश्चितकालका लागि स्थगन भए पनि गीतले यूट्युबमा एक करोड भ्यूज प्राप्त गरेको छ । चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङ फिचर गीतले प्रेमभाव बोल्छ ।

निर्देशक, कलाकार तथा निर्माता सन्तोष सेन ‘हर युग होस्’ गीतले चलचित्रको हाइप निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन् । चलचित्रको इनिसियल व्यापार राम्रो हुन गीत-संगीत तगडा हुनुपर्ने बताउँदै उनी भन्छन्, ‘चलचित्रको इनिसियल व्यापारमा गीत-संगीतको ठूलो भूमिका रहन्छ । ‘हर युग होस्’ गीतले गर्दा ‘प्रेमगीत ३’ को इनिसियल व्यापारमा सहयोग पुग्नेमा विश्वस्त छु ।’

‘हर युग होस्’ गीतलाई चलचित्रमा कथावाचनको रूपमा प्रयोग गरिएको उनले बताए । प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिश काकीको संगीत छ । स्व. छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप र कृष्टिनाका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारको पनि अभिनय छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu