एलिजाको मायामा नरेश (भिडियो)



गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको ‘झन् झन् माया बढ्यो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मंगलवार राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर गीत सार्वजनिक गरिएको हो । संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ ।

भिडियोमा सञ्चारकर्मी, गीतकार तथा मोडल नरेश भट्टराई र एलिजा गौतमको अभिनय रहेको छ । भिडियोलाई युबराज वाइवाले निर्देशन गरेका हुन् । युवराज वाइवा भिडियो निर्देशनमा पछिल्लो समय व्यस्त निर्देशक हुन्, उनले तीन सयभन्दा धेरै भिडियोको निर्देशन गरिसकेका छन्। निशाल पौडेलले छायांकन गरेको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।

भिडियो सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी, गीतकार तथा मोडल नरेश भट्टराई, एलिजा गौतम, भिडियो निर्देशक युवराज वाइवा, निर्देशक मिलन चाम्स, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, एसपी प्रेम कुमार श्रेष्ठ, निर्माता ज्योतिराज राइ, मिस नेपाल सुगारिका केसीलगायतको उपस्थिति रहेको थियो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu