प्रभासको ‘आदिपुरुष’ मा सीता बन्दै कृति



‘बाहुबली’ फेम्ड अभिनेता प्रभास स्टारर चलचित्र ‘आदिपुरुष’ को लगभग सबै कास्ट फाइनल भइसकेको छ । चलचित्रमा भगवान रामको भूमिका प्रभासले निर्वाह गर्दैछन् भने रावलको भूमिकामा सैफ अली खान देखिँदैछन् । अहिलेसम्म चलचित्रमा सीताको भूमिकालाई लिएर अनिश्चितता थियो । अब यो अन्योेलताबाट पर्दा हटेको छ । चलचित्रका लागि मुख्य अभिनेत्रीको टुंगो लागेको छ ।

पहिला चलचित्रमा सीताको भूमिकामा अभिनेत्री दीपिका पादुकोण हुने चर्चा चलेको थियो । तर, अब यो रोलमा कृति सेनन देखिने भएकी छन् । चलचित्रका निर्देशक ओम राउतले पहिला दीपिकालाई चलचित्रमा साइन गर्न चाहेका थिए । तर, दीपिकाले पहिला नै प्रभाससँग निर्देशक नाग अश्विनीको चलचित्र साइन गरिसकेका कारण ओमले कृति सेननलाई सीताको भूमिकामा अनुबन्ध गरेका हुन् ।

पौराणिक ग्रन्थ रामायणमा आधारित भएर निर्माण हुन लागेको चलचित्र ‘आदिपुरुष’ को अहिले प्रि-प्रोडक्सनको काम भइरहेको छ । अर्को वर्षबाट छायांकन सुरु हुने चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा निर्माण हुनेछ । ११ अगस्ट २०२२ मा प्रदर्शनमा आउने चलचित्रको बजेट ४ सय करोड हुने बताइएको छ । चलचित्रमा अजय देवगनको केमियो भूमिका हुनसक्ने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu