घनश्यामको निर्देशनमा बन्यो ‘तिमीलाई पर्खी बसेँ’ (भिडियो)



चलचित्र निर्देशक घनश्याम लामिछानेको निर्देशनमा निर्माण भएको ‘तिमीलाई पर्खी बसेँ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बुधबार पोखरामा पत्रकार सम्मलेनको आयोजना गर्दै म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा रामकृष्ण ढकालको आवाज, विष्णु पौडेलको शब्द र बिमल डाँगीको संगीत रहेको छ ।

चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामिछानेले म्यूजिक भिडियोमा सच्चा प्रेमीको कथालाई प्रस्तुत गर्न खोजिएको बताएका छन् । तीन दिन लगाएर पोखराको सराङकोट र लेकसाइडमा छायांकन गरिएको म्युजिक भिडियोमा शिव वाग्ले र जानकी थापाको अभिनय रहेको छ ।

म्युजिक भिडियोको कन्सेप्ट लामिछानेकै हो । जीवन थापाले सम्पादन गरेको म्युजिक भिडियोमा अतिथि कलाकारको भूमिका देशभक्त सिंह कुँवरले निर्वाह गरेका छन् । म्युजिक भिडियोमा प्रकाश व्यवस्थापन अमृत थापा मगर र गोपाल भट्टराईको छ । भिडियोको फोटो र मेकिङ सिद्धार्थ गौतमले खिचेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu