चलचित्र क्षेत्र खुलाउन प्रयत्न गर्ने सञ्चार मन्त्रीको आश्वासन



कोरोना भाइरसका कारण चलचित्र क्षेत्र बन्द भएको आठ महिना वितिसकेको छ । सरकारले अन्य क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्र खुलाउने विषयमा कुनै निर्णय गरेको छैन । जसले गर्दा यस क्षेत्रमा आश्रित चलचित्रकर्मीहरु निराश भएका छन् । दशैंदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चलचित्रको छायांकन भइरहे पनि सिनेमा हल भने बन्दै छन् ।

काठमाडौं कोरोनाको हटस्पट बनेको भन्दै सरकारले अझै १५ दिन सिनेमा हल सञ्चालनमा रोक लगाएपछि हल सञ्चालकहरु आक्रोशित भएका छन् । सरकारले अन्य क्षेत्रलाई सञ्चालनको अनुमति दिएर चलचित्र क्षेत्रलाई सौतेनी व्यवहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रने तयारीमा छन् । नेपाल चलचित्र संघको शनिवारको कार्यसमिति बैठकले आन्दोलनको रुपरेखा तयार गर्दैछ ।

आठ महिनाभन्दा लामो समयदेखि चलचित्र सम्बन्धि गतिविधि ठप्प हुँदा यस क्षेत्रमा आश्रित हजारौं चलचित्रकर्मीको अवस्था दयनीय बनेको छ भने कति पलायन हुने अवस्थामा पुगेका छन् । फिल्म क्षेत्रको अस्तित्व बचाउन पनि यस क्षेत्रलाई सञ्चालनको अनुमति दिनुपर्ने मागसहित चलचित्र निर्माता संघसहितको टोलीले शुक्रवार सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङसँग भेट गरेको छ ।

निर्माता संघका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य आकाश अधिकारीले समस्या र समाधानका १७ बुँदे विज्ञप्तिसहित सञ्चार मन्त्री गुरुङसँग भेट गरेको बताएका छन् । मन्त्री गुरुङले चाँडै चलचित्र क्षेत्र खुलाउन प्रयन्त्र गर्ने आश्वासन दिएको उनले बताए । उक्त भेटमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र अभिनेता भुवन केसी पनि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu