‘प्रकाश’ का लागि अडिसन आह्वान



चलचित्रका लागि पात्र सुहाउँदो कलाकार छनोट गर्न अडिसन गतिलो माध्यम मानिन्छ । दिनेश राउतको निर्देशनमा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’ ले पनि अडिसनबाट कलाकार छनोट गर्ने भएको छ । यही डिसेम्बर १५ देखि १७ तारिखसम्म अस्कर कलेज, सुकेधारमा आयोजना हुने लागेको अडिसनबाट मुख्य अभिनेत्रीसहित अन्य कलाकार छानिनेछ ।

चलचित्रका लागि मुख्य अभिनेत्रीमा १६ देखि १८ वर्षका युवती र नायकका लागि २० देखि २२ वर्षका युवकले अडिसन दिन सक्ने बताइएको छ । त्यस्तै, चलचित्रका लागि चरित्र अभिनेता, चरित्र अभिनेत्री, सहायक कलाकार (पुरुष र महिला), बाल कलाकार, सहयोगी कलाकार (पुरुष र महिला) पनि खोजिएको छ । अडिसनबाट पात्र सुहाउँदो कलाकार भेटिनेमा निर्माण टिम विश्वस्त छ ।

‘प्रकाश’ का लागि कलाकार छनोट गर्ने जिम्मेवारी निर्माण टिमले कलाकार अनुप बरालको एक्टर्स स्टूडियोलाई सुम्पिएको छ । यो चलचित्रका लागि प्रदीपले दशैंअघि कलाकार बरालसँग तीन महिना अभिनयको कोर्ष समेत लिएका थिए । म्यूजिक भिडियो निर्देशक विकास सुवेदीले लेखेको कथामा निर्माण हुन लागेको चलचित्रमा प्रदीपले पहिलो पटक गाउँले यूवकको भूमिका निर्वाह गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu