अञ्जुको ‘धेरै माया’ गीतबाट परितोषिकाको अभिनयमा डेब्यू (भिडियो)



चर्चित गायिका अञ्जु पन्तद्वारा पहिलो पटक संगीतवद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । पन्तकै स्वरमा रहेको गीत गीतकार सुरेश वाग्लेले रचना गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको अभिनय छ । उनले पहिलो पटक म्यूजिक भिडियोमा अभिनय गरेकी हुन् ।

भिडियोमा मोडल कुन्साङ बोम्जन पनि फिचर छन् । १० वर्षअघि रचित प्रेमिल शब्दले भरिएको गीत निकै उत्कृष्ट बनेको गायिका पन्त बताउँछिन् । आफ्नो सागीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ । गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् ।

परितोषिकाले आफूलाई ममीको अरू गीतमा पनि अभिनयको ‘अफर’ आएको तर यो गीत निकै मन परेको कारण काम गरेको बताइन् । गीतको भिडियोलाई गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मार्फत हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu