‘गोधुली’ मा हेरुका र ज्ञानीमायाको रोमान्स (भिडियो)



गायक प्रताप दास र गायिका कविता श्रेष्ठको स्वरमा नयाँ गीत ‘गोधुली’ सार्वजनिक भएको छ । ज्ञानीमाया तामाङ र हेरुका लामाको अभिनय रहेको गीत शुक्रवार ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा ज्ञानीमाया र हेरुकाको रोमान्सलाई प्रस्तुत गरिएको छ ।

प्राकृतिक सौन्दर्यसहितको लोकेशनमा खिचिएको गीतमा ज्ञानीमाया र हेरुकालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । राजेश कुमार श्रेष्ठको शब्द संगीतमा तयार भएको भिडियो गीतलाई भुईसल लामाले निर्माण गरेका हुन् । गीतमा दिनेश पाख्रिनको निर्देशन रहेको छ ।

अमूल कार्कीको एरेञ्ज रहेको गीतमा तारा थापाको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ । गीतमा दिक्षा पाख्रिनको कोरियोग्राफी रहेको छ । दर्जन बढि चलचित्रमा अभिनय गरिसकेकी कलाकार भुईसल लामाले भिडियो निर्माणसँगै विस्तारै चलचित्र निर्माणको तयारी रहेको समेत बताएकी छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu