बेनिशा लेख्छिन्, ‘तीन वर्षदेखि विवाहको दबाब महशुस गरेको छु’



नेपाली चलचित्रकी सुन्दरी अभिनेत्री बेनिशा हमालले विगत तीन वर्षदेखि आफूले विवाहको दबाब सामना गरिरहेको बताएकी छन् । शनिवार सामाजिक सञ्जाल फेसबुकमा आफ्ना नजिकका साथीहरुको विवाहमा उपस्थित भएका तस्विरहरु शेयर गर्दै उनले घरपरिवार, आफन्त, साथी, साथीका साथी, शुभचिन्तक र मिडियाकर्मीबाट विवाहको दबाब महशुस गरेको उल्लेख गरेकी छन् ।

‘तपाईं कसैसँग सम्बन्धमा भए वा नभए पनि एक महिलालाई विवाह गर्नका लागि दबाब आउने गर्दछ । विगत तीन वर्षमा मैले परिवार, आफन्त, साथी, अनुयायी र मिडियाबाट धेरै दबाब महशुस गरेको छु,’ उनले लेखेकी छन् । विवाहको दबाबले कहिले काहिँ तनावपूर्ण पनि हुने उनले बताएकी छन् । अहिले उनी ‘कबड्डी’ का निर्माता रौनक विक्रम कँडेलको प्रेममा रहेको चर्चा छ ।

डेढ वर्ष अगाडि हरर चलचित्र ‘घर’ मा देखिएकी बेनिशाले कोरोना महामारीभन्दा अगाडि ६ महिना मुम्बई बसेर चलचित्र मेकिङ (चलचित्र निर्माण, निर्देशन र लेखन) को अध्ययन गरेकी थिइन् । नेपालमा लकडाउन हुनुभन्दा एक हप्ता अगाडि नेपाल आएकी उनी माघ अन्तिमबाट चलचित्र ‘भाँडाकुटी’ को छायांकनमा व्यस्त हुँदैछिन् । यो चलचित्रलाई लिएर उनी निकै उत्साहित छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu