९ महिनामा सिनेमा हलको घाटा कति ?



कोरोनाका कारण सिनेमा हलमा ताल्चा लागेको ९ महिनाभन्दा बढी भइसकेको छ । सरकारले भीडभाड हुने प्रायः सबै क्षेत्रलाई सञ्चालनको अनुमति दिइसक्दा समेत सिनेमा हल खोल्ने विषयमा कुनै निर्णय गरेको छैन । सरकारको यसप्रकारको उदासिनताप्रति आक्रोशित हल व्यवसायीहरुको छाता संस्था नेपाल चलचित्र संघले पौष १० गतेबाट सिनेमा हल खोल्ने निर्णय गरेको छ ।

सोमवार आफ्नै भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल चलचित्र संघले ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्ने जानकारी दिएको हो । सरकारले सिनेमा हल बन्द गर्न बल प्रयोग गरे त्यसको प्रतिकार गर्ने पनि संघले बताएको छ । सरकार र डब्लूएचओले जारी गरेको सुरक्षा सुरक्षाका मादण्ड अपाएर सिनेमा हल खोल्ने संघका अध्यक्ष मधुसुदन प्रधानले जानकारी दिए ।

उनले कोरोनाका कारण ९ महिनादेखि देशभरका सिनेमा हल पूर्ण रुपमा बन्द हुँदा २ अर्बभन्दा बढी घाटा भएको बताएका छन् । उनले भने- ‘९/१० महिनाको अवधिमा २ अर्बभन्दा बढी घाटा भएको अनुमान गरिएको छ । मल्टीप्लेक्सको अपरेटिङ खर्च नै महिनाको १० लाखभन्दा बढी छ । सिंगल हलको खर्च पनि त्यस्तै छ । सरकारसँग वार्ता गर्न जाँदा यसको डाटा लिएर जान्छौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu