भोजपुरी चलचित्र ‘माही’ मा नीता



नेपाली चलचित्रका द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको नयाँ भोजपुरी चलचित्र ‘माही’ मा नेपाली अभिनेत्री नीता ढुंगानाले अभिनय गर्ने भएकी छन् । पहिला चलचित्रको मुख्य अभिनेत्रीमा काजल राघवानीसँग सम्झौता भएको थियो । उनले विशेष कारणले चलचित्र गर्न नसक्ने भएपछि निर्देशक पन्तले नीतालाई अनुबन्ध गरेका हुन् । नीताले यसअघि पनि केही भोजपुरी चलचित्रमा काम गरिसकेकी छन् ।

कात्यायन फिल्मस् क्रियशनको ब्यानरमा निर्माण हुने चलचित्रलाई अरुण कुमार मिश्र र रितेश वन्दना श्रीवास्तवले निर्माण गर्दैछन् भने आद्या गुप्ता र ज्योति दिनेश पाण्डे सह-निर्माताको रुपमा रहनेछन् । चलचित्रमा नीताका अलावा आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।

ट्युनिसिया, स्कटल्याण्ड र टर्कीमा छायांकन हुने चलचित्रको कथा निर्देशक पन्तले स्वंयमले तयार पारेका हुन् । नेपाली छायाँकार पुरुषोत्तम प्रधानले खिच्ने चलचित्रमा मनिष किशोरको पटकथा तथा संवाद, रामजी लामिछाने र कानु मुखर्जीको कोरियोग्राफी, ओम झाको संगीत, विरेन्द्र पाण्डे र ड्रेगन प्रकाशको एक्सन रहनेछ । चलचित्रको आगामी फेब्रअरी ६ तारिखबाट छायांकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu