‘सूर्य अवार्ड’ को तेश्रो संस्करण अमेरिकामा हुने



‘सूर्य इन्टरनेशनल अवार्ड’ को तेश्रो संस्करण अमेरिकामा हुने भएको छ । २०२० मा हुनुपर्ने तेश्रो संस्करण कोरोना भाइरसका कारण हुन सकेको थिएन । सोही संस्करण २०२१ मा हुन लागेको हो । सुर्य कर्पोरेशनका अध्यक्ष बासुदेव लामिछानेले यस पटकको सुर्य अवार्ड केही रोचक र फरक हुने दावी गरेका छन् ।

उनका अनुसार, अवार्डको सम्पूर्ण तयारी काठमाडौंमा हुनेछ भने नोमिनेशन जापानको टोकियोमा हुनेछ । अवार्ड समारोहलाई अमेरिकामा गरिने उनले बताए । कर्पोरेशनका अध्यक्ष लामिछाने तेस्रो संस्करणको तयारी र फिल्ड भिजिटका लागि अमेरिकामा छन् । कर्पोरेशनले सामाजिक सञ्जालबाटै अवार्डको घोषणा गरेका हुन् ।

पहिलेको संकरणमा झैँ अवार्डको औपचारिक जानकारी र फर्म खुल्ला काठमाडौंमा गरिनेछ । उत्कृष्ट तीन मनोनयनमा परेका कलाकार तथा चलचित्रकर्मीलाई जापानको टोकियोमा नोमिनेशन प्रमाणपत्र सार्वजनिक गरिनेछ । यस्तै, त्यसको केही सातापछि अर्थात नेपाली नयाँ बर्षको छेको पारी २०२१ मा अमेरिकामा यो अवार्ड समारोह भव्य रुपमा सम्पन्न गरिनेछ ।

नेपाली कला संस्कृतिको प्रवद्र्धन तथा नेपाली गीत संगीत र चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुराउन पनि सुर्य कर्पोरेशनले सूर्य अवार्डलाई अगाडि सारेको अध्यक्ष लामिछानेले बताए । कोरोना महामारीको कारण ठप्प झैँ बनेको चलचित्र क्षेत्रलाई नेपालसँगै अन्तर्राष्ट्रिय स्तरमा पनि प्रचार प्रसार र टेवा पुग्ने गरि अहिलेको अवस्थालाई अध्ययन गरेर अवार्डको तेश्रो संस्करण अमेरिकामा तय गरिएको नेपालका लागि संयोजक समीर बलामीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu