प्रकाश ओझाको ‘भन्दे’ मा मुकुन र पवित्रा (भिडियो)



गायक प्रकाश ओझाको स्वरमा रहेको ‘भन्दे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लामो समय नेपाली कला क्षेत्रबाट टाढा रहेका ओझा यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा पुनरागमन गर्दैछन् । ‘भत्काइ दिन्छु बाख्राको खोर पनि, सोल्टिनी नानी’ जस्ता चर्चित गीतका गायक ओझा हाँस्य कलाकार पनि हुन् ।

गीतमा शब्द र संगीत पनि ओझाको नै छ । डिजिटल ब्रोडकास्टिङ कम्पनि ओएसआर डिजिटल प्रालीको प्रोडक्सनमा म्यूजिक भिडियोमा अभिनेता मुकुन भुषाल, रविन्द्र झासँगै अभिनेत्रीहरु पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजाल फिचर्ड छन् । बसन्त निरौलाले भिडियोलाई निर्देशन गरेका हुन् ।

छायांकन सुदिप बरालले गरेको भिडियोमा सम्पादन सुप्रिम पराजुलीको छ । यो भिडियोमा जोडिएको निरौला नेतृत्वको टिमले ओएसआरसँगको सहकार्यमा विभिन्न चर्चित हाँस्य कलाकारहरुको साथमा एक वेभ सिरिज समेत तयार गरिसकेको छ । निर्देशक निरौलाले केही चलचित्रको समेत निर्देशन गरिसकेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu