सुनिल र समिक्षाको ‘केटो अलि कमाउने होस्’ गीत सार्वजनिक (भिडियो)



गायक सुनिल कटुवाल र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘केटो अलि कमाउने होस्’ सार्वजनिक गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

गीतको भिडियोमा लोकप्रिय मोडल सुधिर श्रेष्ठ र श्रेया सिटौलासँगै अजय मगर र अस्मिता अधिकारीलाई देख्न सकिन्छ । उत्सव दाहालले खिचेको भिडियो बिधान कार्कीले निर्देशन गरेका हुन् । भिडियो बिशाल इन्टरटेनमेन्टको युट्युवमा हेर्न सकिन्छ ।

बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरिएको भिडियो नेप्सिनेको ब्यानरमा निर्माण भएको हो । गायक सुनिलले यस गीतबाट ठूलो आशा लिएको बताए । सुनिलले गाएका दर्जनौं गीत मध्ये ‘कपुरी क’, ‘ताराबाजी लैलै’ बोलको गीत चर्चित छन् । यस्तै, दुई महिना अघि सुनिलका ‘मुखैमा राम राम’ र ‘डिजिटल फोटो’ गीत सार्वजनिक भएका थिए ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu