ज्ञानु राईको निर्देशनमा ‘उभौली’ (भिडियो)



फोटोग्राफर ज्ञानु राईको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘उभौली’ युट्युबमा रिलिज गरिएको छ । सुनिल राईको संगीत तथा एरेञ्ज रहेको गीतको शब्द रचना सिमान्त राईले गरेका हुन् ।

किराँती रीती रीवाज र संस्कृतीको जगेर्ना गर्ने हेतुले सृजना गरिएको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र स्वंयम संगीतकार राईले स्वर भरेका छन् । किराँतीहरुको महान पर्वको रुपमा रहेको साकेला पुजालाई गीतमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियो रिता राईले निर्माण गरेकी हुन् । उमेश राई, प्रोस्जेन राई र पुर्णिमा तामाङलाई गीतको भिडियोमा फिचर्ड गरिएको छ । स्वयंयम निर्देशक राईले छायांकन गरेको गीतको भिडियोमा विर बहादुर थारुको कलर तथा सम्पादन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu