‘माया बस्छ कि के हो’ को शीर्ष गीत सार्वजनिक (भिडियो)



राजु अधिकारी निर्देशित चलचित्र ‘माया बस्छ कि के हो’ को शीर्ष गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा गायक सुगम पोखरेल र गायिका अञ्जु पन्तको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सोनाल तामाङ र कस्मता निरौला फिचर छन् । उनीहरुलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

गएको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले सोनाल र कस्मता फिचर तीन रोमान्टिक पोस्टर सार्वजनिक गरेको थियो । प्रेमकथामा आधारित भएर निर्माण भएको यो चलचित्रबाट सोनाल र कस्मताले अभिनयमा डेब्यू गर्दैछन् । आरती अधिकारीको कथा रहेको चलचित्रको प्रस्तुतकर्तामा शरद अधिकारी र निर्मातामा बहादुर सिंह तामाङ र गंगा गिरी रहेका छन् ।

मौनता श्रेष्ठको पटकथा तथा संवाद, रविन्द्र बरालको छायांकन र विपिन मल्लको सम्पादन रहेको चलचित्रको छायांकन बेल्जियम, स्वीजरल्यान्ड, नेदरल्यान्ड र काठमाडौंमा भएको हो । चलचित्रमा उपेन्द्र थापा, नरेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, हरिकृष्ण कार्की, तेजेन्द्र कँडेल लगायतको पनि अभिनय छ । चलचित्रको पोस्टर र गीत सार्वजनिक भए पनि प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu