पुजनको ‘मेरो सास’ गीत सार्वजनिक (भिडियो)



गायिका पुजन काफ्लेको स्वरमा नयाँ गीत ‘मेरो सासको आवाज हौं तिमी’ सार्वजनिक भएको छ । गीतले प्रेम भावलाई व्यक्त गरिएको छ । पुजनले प्रेम गीतमा आफ्नो स्वरको माधुर्यता पोखेकी छन् । आफूले मन पराएको मान्छेसँगको सामिप्यता र प्रेमलाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ ।

एसपी सागरले रचेको शब्दलाई इन्द्र आरपीले संगीत भरेका छन् । बुद्ध स्याङ्बाले उक्त गीतलाई एरेञ्ज गरेका छन् । गीतमा अञ्जान काफ्ले र अनु पराजुलीको अभिनय रहेको छ । सेर बहादुर बिसीले निर्देशन गरेको भिडियोमा शिवन पोखरेलको कोरियोग्राफी रहेको छ । अजय रेग्मीले खिचेको गीतलाई सुधन बस्नेतले सम्पादन गरेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu