जलको भावुक स्टाटस- ‘मलाई टुहुरो बनायौ आमा’



एक समय नेपाली चलचित्र क्षेत्रमा आफ्नो दबदबा कायम गरेकी अभिनेत्री जल शाहकी आमा प्रेमा शाहको निधन भएको तीन वर्ष भएको छ । २०७४ साल पुष ६ गते अमेरिकाको एक अस्पतालमा प्रेमाको निधन भएको थियो । आमाको निधनले जल निकै विक्षिप्त भएकी थिइन् । उनले सामाजिक सञ्जालमा आमालाई सम्झँदै कोर्ने शब्दहरुले पनि उनी आमासँग कति नजिक थिइन् भन्ने प्रस्ट्याउँछ ।

आइतवार उनले आमाको तेस्रो वार्षिकीमा फेसबुकमा आमा विना आफ्नो अस्तित्व नभएको बताएकी छन् । उनले लेखेकी छन्, ‘कहाँबाट सुरु गरुँ, कहाँबाट अन्त्य गरुँ । त्याग र प्रेम मेरो आमाको कसरी बयान गरुँ । तिमी मसँग नभएको पनि आज तीन वर्ष भएछ आमा । मलाई एकछिन नदेख्दा मेरो बोली सुन्न नपाउँदा तिमी कति बेचैन हुन्थ्यौ । तर तिमी त निष्ठुरी रहेछौ आमा ।’

जलले अगाडि लेखेकी छन्, ‘तिमीले मलाई तिम्रो ज्यान ममा बसेको छ भन्थ्यौ । तिमी मेरो लागि म तिम्रो लागि भनेको हैन रु मेरो आँखाको ज्योति, मेरो हातको लठ्ठी, मेरो हिँड्ने बाटो, मेरो एक मात्र छोरी भन्थ्यौ आमा । तिमी विना मेरो अस्तित्व नै छैन, मलाई टुहुरो बनायौ आमा ।’ ७५ वर्षको उमेरमा अन्तिम सास लिएकी प्रेमा लामो समयदेखि छोरीसँग अमेरिकामा बस्दै आएकी थिइन् ।

२०२८ सालमा पाटनका जेपी शाहीसँग विवाह गरेपनि श्रीमानसँगको सम्बन्ध बिच्छेदपछि प्रेमाले छोरी जल शाहलाई आफ्नै थर दिएर हुर्काएकी थिइन् । जलले नेपाली चलचित्र क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल हुनुमा आमा प्रेमाको ठूलो योगदान छ । आमाकै चाहनाअनुसार यादव खरेलको चलचित्र ‘श्री स्वस्थानी’ बाट जलले नेपाली चलचित्रमा पाइला राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu