बलिउड चलचित्रमा देखिन ममा धैर्यता नै भएन : जेनिशा केसी



कुनै बेला नेपाली सिनेमामा राम्रै चर्चा पाउने अभिनेत्री जेनिशा केसी नेपाली चलचित्रमा नदेखिएको धेरै समय भइसकेको छ । नेपाली चलचित्रमा विराज भट्टको रजगज हुँदा उनलाई चलचित्रको कमी थिएन । तर, विराजले भोजपुरी चलचित्र गर्न थालेपछि भने जेनिशालाई काम पाउनै सकस भयो । अभिनय गरेका पनि चलेनन् । यसपछि बलिउड प्रवेशका लागि मुम्बई हानिएकी उनी त्यहाँ साढे २ वर्ष बसिन् ।

मुम्बई बसाईको क्रममा बालाजी फिल्मस्बाट निर्देशनमा डिप्लोमा गरेकी उनी एक वर्षभित्र आफ्नै लगानीमा चलचित्र निर्माण गर्ने योजनामा छिन् । उनले निर्माण गर्ने चलचित्रमा विराज भट्ट हुनेछन् वा छैनन् भन्ने चासो धेरैलाई छ । यसबारेमा ठूलोपर्दा टिभीसँगको अन्तर्वार्तामा उनले भनेकी छन्, ‘अहिले नै विराज दाई हुनुहुन्छ कि हुनुहुन्न भनेर नभनौं । तर, उहाँ हुने सम्भावना चाहिँ धेरै छ ।’

उनले आफू मुम्बई जानुको धेरै कारण रहेको पनि बताएकी छन् । चलचित्रका लागि मात्र आफू मुम्बई नगएको बताउँदै उनी भन्छिन्, ‘मलाई निर्देशनमा डिप्लोमा गर्न एकदमै रुची थियो । मेरो ड्रिम नै थियो । यही कारणले म मुम्बई गएको थिएँ । त्यहाँ धेरै कुरा सिक्न पाएँ ।’ आफूमा धौर्यता नभएका कारण सम्भावना हुँदाहुँदै पनि बलिउड चलचित्रमा नदेखिएको अभिनेत्री केसीको भनाई छ ।

बलिउड सुपरस्टार मिथुन चक्रवर्तीले बोलाएर आफू मुम्बई गएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘मिथुन चक्रवर्ती र मेरो पिता साथी हुनुहुन्छ । मैले निर्देशनमा डिप्लोमा गर्ने इच्छा देखाएपछि बुबाले मिथुन सरसँग कुरा गर्नुभयो । यसपछि उहाँ बोलाउनु भयो र म मुम्बई गएँ । त्यहाँ मलाई धेरै कुरामा उहाँले सहयोग गर्नुभयो,’ उनी सम्झिन्छिन् ।’ मुम्बई बसाईको क्रममा ‘ए ग्रेड’ का कलाकारसँग मात्र आफ्नो भेट भएको उनी बताउँछिन् ।

अन्तर्वार्ता हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu