चलचित्र भवन मेरो आशिषको मूल थलो : केकी अधिकारी



पुष १० गतेबाट सिनेमा हल खुल्ने भएपछि अभिनेत्री केकी अधिकारीले आफू भावुक र पुकलित भएको बताएकी छन् । बिहीवार उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफ्नो लागि चलचित्र भवन कार्यालय, विद्यालय र मन्दिर रहेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरो आयस्रोत, मेरो ज्ञान र मैले प्राप्त गर्ने आशिषको मूल थलो धेरै समयदेखि बन्द थियो ।’

‘शुक्रबार पौष १० गतेदेखि चलचित्र भवनहरु खुल्दैछन् । थोरै भावुक छु । थोरै पुकलित छु । जीवनका रंगहरु फर्किने कुरामा विश्वस्त पनि छु । त्यो विशाल पर्दामा आफ्नो नजर केन्द्रित गरेर कुनै पल गलल सयौँ दर्शकहरुसँगै हाँस्न त कहिले दृश्यमा डुबेर स्तब्ध भई सुक्क आँशु झार्न ब्यग्र प्रतिक्षा गर्दैछु । चलचित्र भवनभित्र मात्रै प्राप्त गर्न सकिने ती जादूमयी अनुभवको अवसर एउटा लामो अन्तरालपछि फेरि मिल्दैछ,’ उनले लेखेकी छन् ।

स्वास्थ्य सुरक्षाका सावधानी अपनाएर चलचित्र क्षेत्रलाई पूनर्जीवन दिन उनले आग्रह गरेकी छन् । केकी अहिले आफ्नो लगानीमा निर्माण हुन लागेको दुई चलचित्र ‘बोक्सीको घर र कहानी तिम्रो मेरो’ को तयारीमा व्यस्त छिन् । चाँडै ‘बोक्सीको घर’ को छायांकन सुरु हुँदैछ । यसमा उनको जोडीको रुपमा गौरव पहारी देखिँदैछन् । अहिले भने उनले ‘परदेशी २’ को छायांकन गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu