सौगात र शिवको ‘लप्पन छप्पन २’ महाशिवरात्रीमा



चलचित्र ‘लप्पन छप्पन २’ ले प्रदर्शन मिति घोषणा गरेको छ । मुकुन्द भट्ट निर्देशित यो चलचित्र फागुन २७ गते महाशिवरात्रीमा प्रदर्शनमा आउने भएको छ । बिहीवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही फिचर छन् । यो चलचित्र गत वर्ष नै प्रदर्शनमा आउने तयारीमा थियो ।

एक्सन जनरामा निर्मित चलचित्रमा शिव श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको पनि अभिनय रहेको छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको यो चलचित्रबाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तले अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

चलचित्रको पटकथा र संवाद मुकुन्द भट्ट र सुनिल नेउरेले तयार पारेका हुन् भने पटकथामा अमित शर्माले पनि सघाएका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको चलचित्रमा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लोको संगीत, किङ योगी र दीलिप ओकेडाको कोरियोग्राफी, हिमाल केसी र मुकुन्द भट्टले द्वन्द्व र मिलन श्रेष्ठले सम्पादन छ ।

समीर खरेल क्रियटिभ निर्माता रहेको चलचित्रमा राजीव तामाङ, वेद बहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी सह-निर्मातामा छन् । गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले निर्माण गरेको चलचित्रको निर्मातामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu