विश्वप्रकाशले सञ्चालन गर्ने ‘ऐना’ को गीत सार्वजनिक (भिडियो)



कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा चाँडै टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा देखिँदैछन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘ऐना’ को सञ्चालन शर्माले गर्दैछन् । उक्त कार्यक्रमको थिम गीत निर्माण टिमले सार्वजनिक गरेको छ ।

उक्त गीतमा सुगम पोख्रेलले आवाज भरेका छन् । गीतमा श्रवण मुकारुङ्गको शब्द र मोहित मुनालको संगीत रहेको छ । गीतको भिडियोमा विश्वप्रकाशका विभिन्न फुटेजहरुलाई प्रस्तुत गरिएको छ ।

समाजका विभिन्न क्षेत्रका यथार्थ चित्रण गराउने कोसिस कार्यक्रम मार्फत गरिने निर्माण टिमले बताएको छ । कार्यक्रमलाई अमन प्रताप अधिकारीले निर्देशन गर्दैछन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu