स्किन सिटीको सिइओमा नियुक्त भइन् वर्षा



अभिनेत्री वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको सिइओमा नियुक्त भएकी छिन् । आफूले अभिनयसँगै व्यापारिक क्षेत्रमा पनि पाइला अगाडि बढाएको र नयाँ क्षेत्रमा सफल हुनेमा उनी विश्वस्त छिन् । तर, अभिनय र व्यापारलाई एकसाथ लैजान सहज नभएको उनको भनाई छ । स्किन सिटीमा आफ्नो केही शेयर रहेको उनले बताएकी छिन् ।

छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीलाई नयाँ उचाइमा लैजाने दायित्व आफूसँग रहेको वर्षाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ( ‘फिल्म उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीसँगै सम्भावना पनि धेरै देखेकी छु । हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी विस्तारै विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना छ ।’

हरेक मानिसको सौन्दर्यले आत्मविश्वास बढ्ने भएकाले स्किन सिटीमा अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङ् सम्बन्धित समस्याको खोज र समाधानमा अनुभवी डाक्टरबाट उपचार हुने वर्षाले बताएकी छन् । चलचित्र ‘नाई नभन्नु ल २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी वर्षा अहिले ‘परदेशी २’ को छायांकनमा व्यस्त छिन् । अब उनले चलचित्र ‘सुदूर’ को छायांकन थाल्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu